- थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको थियो ।
बुटवल: रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटनामा मृत्यु हुनेको सबै २० जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विहिबार भएको दुर्घटनामा मृत्यु हुनेमा पूर्वी रुकुमका २८ वर्षका गोर्ख बहादुर बि.सी., ५३ वर्षकी तिल कुमारी बुढाथोकी, २८ वर्षका युवा बुढाथोकी, १० वर्षका दिब्यान बुढाथोकी, २४ वर्षकी सृजना बुढाथोकी, १३ वर्षका सुदिप बुढाथोकी, ४० वर्षकी ओम कुमारी बुढाथोकी, ६० वर्षकी मिना बि.क., ६० वर्षकी लक्ष्मी शाह, २७ वर्षकी रुक्मिना थापा बस्नेत तथा टेक प्रसाद बुढा, दाङका ५० वर्षकी द्रोपती जि.सी., ३२ वर्षकी तिला जि.सी., ७ वर्षका जेनिस घर्ति, १२ वर्षकी जेनिसा जि.सी., २५ वर्षकी एलिसा घर्ति र भनमाया बिष्ट, लमजुङका ७ वर्षका संयोग थापा तथा उमेर नखुलेका यम बहादुर जि.सी. र ४२ वर्षका बेदु राम बि.क. रहेका छन् ।
थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेको जिपमा वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गइरहेका स्थानीय सवार रहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विश्वकपमा निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद, युरोपको बहिष्कार गर्ने चेतावनी
-
ट्रम्पको ‘शान्ति बोर्ड’ योजनामा हमास सहमत, निशस्त्रीकरण हुन तयार
-
कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा
-
गृहमन्त्री र सुनसरी घटनाका मृतक परिवारबीच ७ बुँदे सहमति
-
राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।