बल्खु खोलामा सुकुमवासी बस्तीका ६१ वर्षीय पुरुष मृत फेला
१८ बैसाख, २०८३, शुक्रवार
- मृतक ६१ वर्षीय ईन्द्रबहादुर राई भएको उनकी पत्नी सरिता राईले पुष्टि गरेकी छन्। उनका अनुसार बिहान घर भत्किएको देख्न नसक्ने भन्दै उनी घरबाट निस्किएका थिए। दिउँसो उनको शव खोलामा भेटिएको हो।
काठमाडौं: काठमाडौंको बल्खुमा आज बिहान सुकुमवासी बस्ती खाली गरिएपछि नजिकैको बल्खु खोलामा एक व्यक्ति मृत फेला परेका छन्।
मृतक ६१ वर्षीय ईन्द्रबहादुर राई भएको उनकी पत्नी सरिता राईले पुष्टि गरेकी छन्। उनका अनुसार बिहान घर भत्किएको देख्न नसक्ने भन्दै उनी घरबाट निस्किएका थिए। दिउँसो उनको शव खोलामा भेटिएको हो।
ईन्द्रबहादुरको परिवार करिब १६–१७ वर्षदेखि बल्खुस्थित सुकुमवासी बस्तीमा बस्दै आएको थियो र उनी बल्खु सब्जीमण्डीमा काम गर्थे। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।