बल्खु खोलामा सुकुमवासी बस्तीका ६१ वर्षीय पुरुष मृत फेला
१८ बैसाख, २०८३, शुक्रवार
- मृतक ६१ वर्षीय ईन्द्रबहादुर राई भएको उनकी पत्नी सरिता राईले पुष्टि गरेकी छन्। उनका अनुसार बिहान घर भत्किएको देख्न नसक्ने भन्दै उनी घरबाट निस्किएका थिए। दिउँसो उनको शव खोलामा भेटिएको हो।
काठमाडौं: काठमाडौंको बल्खुमा आज बिहान सुकुमवासी बस्ती खाली गरिएपछि नजिकैको बल्खु खोलामा एक व्यक्ति मृत फेला परेका छन्।
मृतक ६१ वर्षीय ईन्द्रबहादुर राई भएको उनकी पत्नी सरिता राईले पुष्टि गरेकी छन्। उनका अनुसार बिहान घर भत्किएको देख्न नसक्ने भन्दै उनी घरबाट निस्किएका थिए। दिउँसो उनको शव खोलामा भेटिएको हो।
ईन्द्रबहादुरको परिवार करिब १६–१७ वर्षदेखि बल्खुस्थित सुकुमवासी बस्तीमा बस्दै आएको थियो र उनी बल्खु सब्जीमण्डीमा काम गर्थे। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।