झापामा जमिनमुनिको डिजेल ट्याङ्की पड्किँदा आगलागी, एक जना घाइते
९ कार्तिक, २०८३
- झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किँदा आगलागी भएको छ ।
झापा, ०९ कार्त्तिक । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किँदा आगलागी भएको छ । आइतबार साँझ भएको घटनामा टिपर चालक घाइते भएका छन् ।
आइतबार साँझ करिब ७: ३० बजे कम्पनी परिसरमा रहेको ट्याङ्कीबाट टिफरमा डिजेल लोड गर्ने क्रममा अचानक ट्याङ्की पड्किएर आगलागी भएको हो । उक्त ट्याङ्कीमा करिब ९ हजार ५०० लिटर हल्का डिजेल भण्डारण गरिएको थियो ।
आगलागीमा परी प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरका चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट टिफरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको सम्पूर्ण डिजेल जलेर नष्ट भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।