राष्ट्रिय सभाको भोटेकोशी एवम् कालीगण्डकी विपद् अध्ययन विशेष समितिको बैठक बस्दै
१० कार्तिक, २०८३
- आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, १० कार्त्तिक । आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ ।
विशेष समितिको सभापतिमा काँग्रेस सांसद कृष्णप्रसाद पौडेल निर्वाचित भएपछि पहिलो पटक बैठक बस्न लागेको हो । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ ।
प्रतिनिधि सभाले अलग्गै विशेष समिति बनाएपछि असोज १५ गते राष्ट्रिय सभाले पनि भोटेकोशी बाढीको अध्ययन गर्न विशेष समिति बनाएको थियो ।
नौ सदस्यीय समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मालगायतका सांसद रहेका छन् ।
समितिलाई पुस मसान्तसम्मको समय दिइएको छ भने प्रतिनिधिसभाले बनाएको विशेष समितिसँग आवश्यक समन्वयन गर्न सक्ने भनिएको छ ।
समितिलाई विपद्मा जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनर्स्थापना लगायतको अध्ययन, समीक्षा गर्ने कार्यादेश तोकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।