ब्राजिलका राष्ट्रपतिका उम्मेदवार बोल्सोनारोको राहदानी रद्ध, अमेरिका पुगेको दाबि
११ कार्तिक, २०८३
- ब्राजिलका सञ्चारमाध्यमसहित विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनी अमेरिका गएको जनाएका छन् । यद्यपि, उनले ब्राजिल छाडेको विषय स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
एजेन्सी, ११ कार्त्तिक । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारो अमेरिका पुगेको दाबि गरिएको छ ।
ब्राजिलका सञ्चारमाध्यमसहित विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनी अमेरिका गएको जनाएका छन् । यद्यपि, उनले ब्राजिल छाडेको विषय स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
ब्राजिलको सर्वोच्च अदालतले २४ घण्टाभित्र राहदानी बुझाउन दिएको आदेश पालना नगरेपछि प्रहरीले बोल्सोनारोका राहदानी रद्द गरेको बताइएको छ । सोमबार दिउँसो सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले ब्राजिल छाड्ने आफ्नो कुनै योजना नरहेको बताएका थिए । उनले राहदानी बुझाउने, अदालतको आदेश पालना गर्ने र राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सरकारविरुद्ध राजनीतिक प्रतिपक्षका रूपमा काम गरिरहने बताएका थिए ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बोल्सोनारो र उनको परिवारलाई अमेरिका प्रवेश गर्न आवश्यक प्रवेशाज्ञा जारी गर्ने बताएका छन् । उनी अहिले कहाँ छन् र कहिले ब्राजिलबाट बाहिरिएका हुन् भन्ने विषयमा भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन । उनले अन्य कुनै देशसँग शरण मागेका छन् वा छैनन् भन्ने पनि खुलेको छैन ।
आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वामपन्थी नेता लुलासँग पराजित भएका बोल्सोनारोले चुनावी नतिजा स्वीकार गरेका छैनन् । उनले नतिजा असम्भव रहेको दाबी गर्दै निर्वाचन रद्द गर्नुपर्ने बताएका थिए । ब्राजिलका राष्ट्रपति लुलाले बोल्सोनारो देश छाडेको खबरबारे प्रतिक्रिया दिँदै लुकाउनुपर्ने केही नभएकाहरू डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
४५ वर्षीय फ्लाभियो पूर्वराष्ट्रपति जैर बोल्सोनारोका जेठा छोरा हुन् । उनी सन् २०१९ देखि ब्राजिलको सिनेटरका रूपमा कार्यरत छन् । कानुन व्यवसायको अध्ययन गरेका उनले दक्षिणपन्थी उदारवादी दलबाट राष्ट्रपतिको उम्मेदवारी दिएका थिए । चुनावी अभियानका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट सम्बन्ध विस्तार गर्ने प्रयास गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।