रोल्पामा जिप दुर्घटना, १७ जनाको मृत्यु

१७ बैसाख, २०८३, बिहिवार
सारांश
  • थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

बुटवल: रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

 

थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घटनामा सहचालकको सकुशल उद्धार गरिएको बताइएको छ भने जीपमा कति सवार थिए भन्ने स्पष्ट भएको छैन ।  

 

दुर्घटनामा परेको जिपमा वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गइरहेका स्थानीय सवार रहेको बताइएको छ । घटनास्थल दुर्गम भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउनेक्रममा रहेको छ । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार