परराष्ट्रमन्त्री खनालसँग नेपाल भ्रमणमा रहेकी पोर्चुगलकी उपविदेशमन्त्री डा. जाभियरको भेटवार्ता
१७ बैसाख, २०८३, बिहिवार
- भेटका क्रममा मन्त्री खनालले सन् अप्रिल १ मा आफ्ना पोर्चुगल समकक्षीसँग भएको टेलिफोन संवाद सम्झँदै काठमाडौँमा कूटनीतिक नियोग स्थापना गर्ने पोर्चुगल सरकारको निर्णयलाई स्वागत गरेका थिए ।
काठमाडौँ: तीन दिने नेपाल भ्रमणमा रहेकी पोर्चुगलकी उपविदेश मन्त्री डा. आना इसाबेल जाभियरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा मन्त्री खनालले सन् अप्रिल १ मा आफ्ना पोर्चुगल समकक्षीसँग भएको टेलिफोन संवाद सम्झँदै काठमाडौँमा कूटनीतिक नियोग स्थापना गर्ने पोर्चुगल सरकारको निर्णयलाई स्वागत गरेका थिए ।
मन्त्रलायका अनुसार उनले उक्त नियोग स्थापना प्रक्रियामा नेपाल सरकारको पूर्ण सहयोग रहने विश्वास दिलाए । साथै, नेपाली नागरिकसँग सम्बन्धित कन्सुलर समस्याको समाधानमा पोर्चुगल सरकारले देखाएको सकारात्मक पहलप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
उपविदेश मन्त्री जाभियरले मन्त्री खनाललाई परराष्ट्र मन्त्री नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेकी थिइन् ।
यसअघि आजै परराष्ट्र सचिव अमृत बहादुर राई र उपविदेश मन्त्री जाभियरबीच मन्त्रालयमा द्विपक्षीय बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका विभिन्न पक्षबारे समीक्षा गर्दै सन् २०२६ फेब्रुअरीमा लिस्बनमा सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकपछि सम्बन्धमा आएको गतिप्रति सन्तुष्टि व्यक्त गरिएको थियो ।
दुवै भेटवार्तामा पर्यटन, लगानी, व्यापार तथा श्रम, डिजिटल प्रविधि लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने र नयाँ सम्भावना खोज्ने विषयमा सहमति जनाइएको छ ।
उपविदेश मन्त्री जाभियर र उन को प्रतिनिधिमण्डलको सम्मानमा परराष्ट्र सचिव राईले आजै दिवाभोजको आयोजना गरेका थिए । उपविदेश मन्त्री जाभियर मे १ मा काठमाडौँबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।