परराष्ट्रमन्त्री खनालसँग नेपाल भ्रमणमा रहेकी पोर्चुगलकी उपविदेशमन्त्री डा. जाभियरको भेटवार्ता
१७ बैसाख, २०८३, बिहिवार
- भेटका क्रममा मन्त्री खनालले सन् अप्रिल १ मा आफ्ना पोर्चुगल समकक्षीसँग भएको टेलिफोन संवाद सम्झँदै काठमाडौँमा कूटनीतिक नियोग स्थापना गर्ने पोर्चुगल सरकारको निर्णयलाई स्वागत गरेका थिए ।
काठमाडौँ: तीन दिने नेपाल भ्रमणमा रहेकी पोर्चुगलकी उपविदेश मन्त्री डा. आना इसाबेल जाभियरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा मन्त्री खनालले सन् अप्रिल १ मा आफ्ना पोर्चुगल समकक्षीसँग भएको टेलिफोन संवाद सम्झँदै काठमाडौँमा कूटनीतिक नियोग स्थापना गर्ने पोर्चुगल सरकारको निर्णयलाई स्वागत गरेका थिए ।
मन्त्रलायका अनुसार उनले उक्त नियोग स्थापना प्रक्रियामा नेपाल सरकारको पूर्ण सहयोग रहने विश्वास दिलाए । साथै, नेपाली नागरिकसँग सम्बन्धित कन्सुलर समस्याको समाधानमा पोर्चुगल सरकारले देखाएको सकारात्मक पहलप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
उपविदेश मन्त्री जाभियरले मन्त्री खनाललाई परराष्ट्र मन्त्री नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेकी थिइन् ।
यसअघि आजै परराष्ट्र सचिव अमृत बहादुर राई र उपविदेश मन्त्री जाभियरबीच मन्त्रालयमा द्विपक्षीय बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका विभिन्न पक्षबारे समीक्षा गर्दै सन् २०२६ फेब्रुअरीमा लिस्बनमा सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकपछि सम्बन्धमा आएको गतिप्रति सन्तुष्टि व्यक्त गरिएको थियो ।
दुवै भेटवार्तामा पर्यटन, लगानी, व्यापार तथा श्रम, डिजिटल प्रविधि लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने र नयाँ सम्भावना खोज्ने विषयमा सहमति जनाइएको छ ।
उपविदेश मन्त्री जाभियर र उन को प्रतिनिधिमण्डलको सम्मानमा परराष्ट्र सचिव राईले आजै दिवाभोजको आयोजना गरेका थिए । उपविदेश मन्त्री जाभियर मे १ मा काठमाडौँबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।