रवि लामिछानेको मुद्धामा महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटको सुनुवाई स्थगित
१७ बैसाख, २०८३, बिहिवार
- विहिबार यो रिट न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । सर्वोच्चले रविका कानुन व्यवसायीको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको जनाएको छ ।
काठमाडौं: रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बारेको रिटको सुनुवाइ स्थगित गरिएको छ ।
विहिबार यो रिट न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । सर्वोच्चले रविका कानुन व्यवसायीको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको जनाएको छ ।
गत चैत १५ गते सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले यो रिटलाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।
तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गत पुस ३० गते रविको हकमा मात्र सहकारी ठगी मुद्दा मात्र कायम राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा संशोधन निर्णय गर्दै सम्बद्ध जिल्ला सरकारी वकील कार्यालयमा परिपत्र गरेपछि युवराज पौडेल, दिनेश त्रिपाठी, आभास रेग्मीलगायतले सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।