रवि लामिछानेको मुद्धामा महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटको सुनुवाई स्थगित
१७ बैसाख, २०८३, बिहिवार
- विहिबार यो रिट न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । सर्वोच्चले रविका कानुन व्यवसायीको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको जनाएको छ ।
काठमाडौं: रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बारेको रिटको सुनुवाइ स्थगित गरिएको छ ।
विहिबार यो रिट न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । सर्वोच्चले रविका कानुन व्यवसायीको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको जनाएको छ ।
गत चैत १५ गते सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले यो रिटलाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।
तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गत पुस ३० गते रविको हकमा मात्र सहकारी ठगी मुद्दा मात्र कायम राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा संशोधन निर्णय गर्दै सम्बद्ध जिल्ला सरकारी वकील कार्यालयमा परिपत्र गरेपछि युवराज पौडेल, दिनेश त्रिपाठी, आभास रेग्मीलगायतले सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।