राष्ट्रपति पौडेलबाट सरकारले सिफारिश गरेका ६ मध्ये एक मात्र अध्यादेश जारी
१७ बैसाख, २०८३, बिहिवार
- नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले विहिबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
सरकारले सिफारिश गरेका अन्य ५ अध्यादेश भने राष्ट्रपतिले अझै जारी गरेका छैनन् । सरकारले सिफारिश गरेका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश र सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहित सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश भने राष्ट्रपति पौडेलले होल्ड गरेका छन् ।
यी अध्यादेशका बारेमा राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता र विभिन्न संबिधानविदहरुसँग छलफल समेत गरिरहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।