विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न शिक्षक महासंघको माग
१७ बैसाख, २०८३, बिहिवार
- महासङ्घले शैक्षिक सत्र, साप्ताहिक दुई दिन बिदा, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट, शिक्षा ऐन तथा देशका विभिन्न स्थानमा शिक्षक–कर्मचारीले भोग्नुपरेका समस्याबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।
काठमाडौँ: नेपाल शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ।
महासङ्घले शैक्षिक सत्र, साप्ताहिक दुई दिन बिदा, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट, शिक्षा ऐन तथा देशका विभिन्न स्थानमा शिक्षक–कर्मचारीले भोग्नुपरेका समस्याबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।
महासङ्घले सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णयको समर्थन गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
महासंघले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा शिक्षाका लागि कुल बजेटको कम्तीमा २० प्रतिशत विनियोजन गर्न पनि महासङ्घले सरकारसँग माग गरेको छ ।
नेपाल सरकार र महासङ्घबीच विगतमा भएका सहमति अनुसार स्थायी, अस्थायी, राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालकक्षा र विशेष शिक्षा अन्तर्गतका शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान हुने गरी अग्रगामी विद्यालय शिक्षा ऐन छिटो जारी गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी, मन्त्रिपरिषद्ले २०८२ वैशाख १७ गते गरेको ९ बुँदे निर्णय अविलम्ब कार्यान्वयन गर्न पनि महासङ्घले माग गरेको छ । सिराहा, धनुषा र बाजुरा लगायतका जिल्लाका केही स्थानीय तहमा महिनौँदेखि शिक्षक-कर्मचारीले तलबभत्ता नपाएको विषयप्रति असन्तुष्टि जनाउँदै तत्काल भुक्तानी गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ। यसमा सहजीकरणका लागि सरकारसँग पनि माग गरिएको छ ।
त्यस्तै, सोलुखुम्बु लगायतका केही स्थानीय तहमा कार्यरत शिक्षकलाई अकारण सेवाबाट हटाउने र विभिन्न बहानामा सरुवा गर्ने काम भइरहेको भन्दै यस्ता गतिविधि तुरुन्त रोक्न महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ। साथै समस्या समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।