परराष्ट्रमन्त्री खनालको युक्रेनी समकक्षी सिबिहासँग टेलिफोन वार्ता

१७ बैसाख, २०८३, बिहिवार
सारांश
  • परराष्ट्र मन्त्रालयका अनुसार विहिबार भएको वार्तामा नेपाल-युक्रेन सम्बन्धका विविध विषयका साथै युक्रेनमा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिकको अवस्थाबारे छलफल भएको छ ।

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनाल र युक्रेनका परराष्ट्रमन्त्री आन्द्रेई सिबिहाबीच टेलिफोन वार्ता भएको छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार विहिबार भएको वार्तामा नेपाल-युक्रेन सम्बन्धका विविध विषयका साथै युक्रेनमा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिकको अवस्थाबारे छलफल भएको छ ।

 

मन्त्री खनालले नेपाल सरकारको नीति अनुसार परम्परागत सम्झौता भएका देश बाहेक अन्य कुनै विदेशी सेनामा नेपाली नागरिक भर्ती हुन नपाउने स्पष्ट पार्दै युक्रेनी पक्षसँग हिरासतमा रहेका नौ नेपाली नागरिकलाई मानवीय आधारमा रिहा गरी स्वदेश फर्काउन आग्रह गरेका थिए । त्यसप्रति युक्रेनी मन्त्री सिबिहाले उक्त विषयमा छलफलका लागि आफ्नो पक्ष तयार रहेको बताएको मन्त्रालयले जनाएको छ ।

 

कुराकानीका क्रममा युक्रेनी मन्त्री सिबिहाले मन्त्री खनाललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

 

साथै दुवै पक्षले द्विपक्षीय सम्बन्धको अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै कृषि, पर्यटन र शिक्षा लगायतका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार