डा. बाबुराम भट्टराईले गरे सुकुम्बासीहरूको होल्डिङ सेन्टर तथा बस्तीको अवलोकन

१७ बैसाख, २०८३, बिहिवार
सारांश
  • उनले आफ्नो कार्यकालमा करिब ३३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको २३३ युनिट क्षमताको इचङ्गुनारायणस्थित भवनको समेत विहिबार निरीक्षण गरेका छन् ।

काठमाडौँ: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासीहरूको वर्तमान अवस्था बुझ्ने उद्देश्यले विभिन्न होल्डिङ सेन्टर तथा बस्ती क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन् ।

 

उनले आफ्नो कार्यकालमा करिब ३३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको २३३ युनिट क्षमताको इचङ्गुनारायणस्थित भवनको समेत विहिबार निरीक्षण गरेका छन् । 

 

त्यस क्रममा उनले सुकुम्बासीहरूको संख्या हालका वर्षमा बढ्दै गएको भन्दै उनीहरूको व्यवस्थापनका लागि अपनाइएका उपायबारे सरकारी निकायसँग गम्भीर छलफल आवश्यक रहेको बताएका थिए ।

 

डा. भट्टराईले भत्काइएका सुकुम्बासी बस्तीहरू, विभिन्न होल्डिङ सेन्टर तथा इचङ्गुनारायणको संरचनाको अवस्थाबारे पनि जानकारी लिएको सचिवालयले जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार