१५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

१६ बैसाख, २०८३, बुधवार
सारांश
  • कार्यालयले सुचना जारी गर्दै वन क्षेत्र, सामुदायिक वन, कुन्जभित्रका सडक, खोला तथा नदी किनारका क्षेत्रमा अनाधिकृत रूपमा बसोबास तथा संरचना निर्माण गरिएको भन्दै त्यसलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

चितवन: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र भएका अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम दिएको छ । 

 

कार्यालयले सुचना जारी गर्दै वन क्षेत्र, सामुदायिक वन, कुन्जभित्रका सडक, खोला तथा नदी किनारका क्षेत्रमा अनाधिकृत रूपमा बसोबास तथा संरचना निर्माण गरिएको भन्दै त्यसलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

 

निकुञ्ज कार्यालयले वन क्षेत्रभित्र अनधिकृत रूपमा बनाइएका घर, टहरा, गोठ, पर्खाल, खेतीपाती लगायतका संरचना १५ दिनभित्र खाली गर्न र तोकिएको समयभित्र अतिक्रमण नहटाएमा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

 

निकुञ्ज प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ क ओदफा २६ को उपदफा ६ बमोजिम बिगो कायम भएमा बिगो दोब्बर जरिवाना र एक बर्षसम्म कैद र बिगो कायम नभएको कसुरमा २० हजारसम्म जरीवाना र ६ महिना सम्म कैद वा दुवै सजाय हुने चेतावनी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार