- विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ ।
काठमाण्डौ, १३ वैशाख । विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । आज विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी 'विश्व बौद्धिक सम्पत्ति दिवस' मनाउन लागिएको छ ।
कानुनी रुपले आफ्ना कुनै सिर्जनात्मक क्रियाकलापका लागि सम्वद्ध व्यक्तिले राज्यबाट प्राप्त गरेका कानूनी एकाधिकारहरूलाई बौद्धिक सम्पत्ति मानिन्छ । कानूनमा व्यक्तिको निजी अधिकार महत्वपूर्ण हुन्छ । पेटेन्ट, औद्योगिक डिजाइन, ट्रेडमार्क, प्रतिलिपि तथा प्रस्तोताका अधिकार, भौगोलिक संकेत वनस्पति प्रजाति संरक्षण, व्यावसायिक गोपनीयता संरक्षण आदि जुनसुकै रूपमा स्थापित अधिकार भए पनि त्यसलाई बौद्धिक सम्पत्ति नै भनिन्छ । आजकल बौद्धिक चोरीसमेत बढिरहेको सन्दर्भमा यो दिवस निकै फलदायी हुने देखिन्छ । अहिले डिजीटल यूगमा त झन विचार अनि बौद्धिकताको विश्वव्यापी एकै धारमा बाढि झैं आएको छ । यस बौद्धिक अधिकारको संरक्षण विना त सर्जकको सिर्जनाको मुल्य नै रहन सक्ने अवस्था छैन् ।
बौद्धिक सम्पत्ति अधिकार निजी प्रकृतिको अधिकार भएकाले कसैले यसको उल्लंघन गरेमा प्रमाण जुटाउने दायित्व धनीको हुन्छ । अधिकार उल्लंघनका घटनाहरू बरोबर नदोहोरीयोस् भनेर दण्डजरीवानाका निर्धारित उपाय अवलम्बन गरी अधिकार प्रचलन गराउनुपर्ने हुन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।