बोधि संवाद २०२६ आयोजना हुने, ४० भन्दा बढी स्वदेशी तथा विदेशी बौद्धिक व्यक्तित्व सहभागी हुँदै
२०८३ जेठ २७ बुधवार
- विजयकान्त कर्णले बोधि संवाद २०२६ मा ४० भन्दा बढी नेपाली तथा अन्तर्राष्ट्रिय बौद्धिक व्यक्तित्व, नीति विज्ञ, अनुसन्धानकर्ता र विशेषज्ञहरू सहभागी हुने बताए।
सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (CESIF) ले आगामी असार २–५ (१६–१९ जुन २०२६) सम्म काठमाडौंमा बोधि संवाद २०२६ आयोजना गर्ने भएको छ। “प्रबुद्ध संवाद” (Enlightened Dialogue) को अवधारणामा आधारित यस चारदिने अन्तर्राष्ट्रिय नीति संवाद कार्यक्रममा नेपाल तथा विदेशका नीति निर्माता, विद्वान्, अनुसन्धानकर्ता, अर्थशास्त्री, रणनीतिक विश्लेषक तथा युवा नेतृत्वहरू सहभागी हुनेछन्।
आयोजकका अनुसार यस वर्षको बोधि संवाद दुई प्रमुख विषयमा केन्द्रित रहनेछ – “नेपालको आर्थिक सम्भावनाको उद्घाटन” र “दक्षिण एशियामा बदलिँदो भूराजनीतिक परिदृश्यको विश्लेषण”। कार्यक्रममा सुशासन, लगानी, रोजगारी सिर्जना, आर्थिक रूपान्तरण, क्षेत्रीय सुरक्षा, रणनीतिक प्रतिस्पर्धा, डिजिटल सार्वभौमिकता तथा तीव्र रूपमा परिवर्तन भइरहेको भूराजनीतिक परिवेशमा नेपालको भूमिकालगायतका विषयमा गहन छलफल हुनेछ।
कार्यक्रमबारे जानकारी दिँदै CESIF का कार्यकारी अध्यक्ष विजयकान्त कर्णले बोधि संवाद २०२६ मा ४० भन्दा बढी नेपाली तथा अन्तर्राष्ट्रिय बौद्धिक व्यक्तित्व, नीति विज्ञ, अनुसन्धानकर्ता र विशेषज्ञहरू सहभागी हुने बताए।
“बोधि संवाद २०२६ ले ४० भन्दा बढी नेपाली तथा अन्तर्राष्ट्रिय बौद्धिक व्यक्तित्वहरूलाई एकै मञ्चमा ल्याउनेछ। उनीहरूले आर्थिक रूपान्तरणदेखि भूराजनीतिक परिवर्तनसम्मका विषयमा गहन विमर्श गर्नेछन्। यस संवादको उद्देश्य नेपाल लागि व्यावहारिक नीति सुझावहरू विकास गर्नुका साथै ज्ञान र अनुभवको आदानप्रदानलाई प्रवर्द्धन गर्नु हो,” कर्णले भने।
नेपाल तथा विदेशका प्रतिष्ठित वक्ता र विशेषज्ञहरूको सहभागिता रहने अपेक्षा गरिएको यस मञ्चले स्थानीय अनुभव र विश्वव्यापी दृष्टिकोणबीच सेतु निर्माण गर्दै प्रमाणमा आधारित नीतिनिर्माणलाई प्रवर्द्धन गर्ने विश्वास आयोजकले लिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।