विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का प्राप्त गर्ने प्रकरणमा थप २ जना पक्राउ
२०८३ वैशाख १३ आइतवार
- साइबर ब्यूरोका अनुसार ईन्कोन प्रालिका शेयरधनी स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरिएको हो ।
काठमाडौँ: सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
साइबर ब्यूरोका अनुसार ईन्कोन प्रालिका शेयरधनी स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरिएको हो ।
उनीहरूले ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरेको आरोप लागेको छ । यस विषयमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि यही प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
-
विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का प्राप्त गर्ने प्रकरणमा थप २ जना पक्राउ
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो
-
कास्की प्रहरीका प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुस रकमसहित पक्राउ
-
आइपिएलमा राजस्थानमाथि सनराइजर्स हैदरावाद ५ विकेटले विजयी
धेरै पढिएको
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
विशेष
मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।