नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
२०८३ वैशाख १२ शनिवार
- पछिल्लो समय नेपालमा बढ्दै गएको वैदेशिक चासोलाई मल्होत्राको यो भनाइले थप चर्चामा ल्याइदिएको छ।
काठमाडौँ: भारतीय चर्चित अध्येता, लेखक तथा चिन्तक राजिव मल्होत्राले नेपालको भू-राजनीतिक अवस्था र यहाँ बढ्दै गएको अमेरिकी प्रभावबारे एक सनसनीपूर्ण दाबी गरेका छन्। इन्फिनिटी फाउन्डेसनका संस्थापक समेत रहेका मल्होत्राले सामाजिक सञ्जालमार्फत नेपालमा अमेरिकी सैन्य उपस्थिति र तिब्बती धर्मगुरु दलाई लामाको पुनर्जन्मका विषयमा गम्भीर प्रश्न उठाएका हुन्।
मल्होत्राका अनुसार अमेरिकाले नेपालमा सैन्य आधार शिविर निर्माणको तयारी गरिरहेको छ। उनले लेखेका छन्, "अमेरिकाले नेपालमा सैन्य आधार शिविर बनाउँदैछ— जुन सुरुमा गैर-लडाकू प्रकृतिको हुनेछ।" पछिल्लो समय नेपालमा बढ्दै गएको वैदेशिक चासोलाई मल्होत्राको यो भनाइले थप चर्चामा ल्याइदिएको छ।
मल्होत्राले नेपाललाई केन्द्रमा राखेर भइरहेका अन्य रणनीतिक खेलहरूको पनि खुलासा गरेका छन्। उनले अमेरिकाले आगामी दलाई लामाको पुनर्जन्म नेपालमै होस् भन्ने चाहेको हल्ला चलिरहेको उल्लेख गरेका छन्। नेपाललाई किन यति धेरै महत्व दिइएको हो भन्ने प्रश्नमा उनी भन्छन्— "नेपाललाई भारत र चीन दुवैको प्रभावलाई प्रतिकार गर्न प्रयोग गर्न खोजिएको हो।"
नेपालको मात्र नभई मल्होत्राले बंगलादेशको राजनीतिक घटनाक्रममा पनि यस्तै विदेशी स्वार्थ रहेको बताएका छन्। उनले पाकिस्तानका मुनिरले यसका लागि समन्वय गर्ने वाचा गरेको दाबी गर्दै बंगलादेश र नेपालमा भारतको प्रभाव कमजोर हुँदै जानु भारतका लागि निकै गम्भीर विषय भएको चेतावनी दिएका छन्।
राजिव मल्होत्रा भारतीय सभ्यता, संस्कृति र हिन्दु धर्मको पुनर्जागरणका लागि विश्वभर चिनिएका नाम हुन्। इन्फिनिटी फाउन्डेसनमार्फत उनले लामो समयदेखि इतिहासमा गलत ढंगले व्याख्या गरिएका तथ्यहरूलाई अनुसन्धान र प्रमाणका आधारमा सच्याउने कार्य गर्दै आएका छन्। विशेषगरी दक्षिण एसियाली राजनीति र सभ्यतामाथि उनको गहिरो दख्खल छ र उनका विचारहरूलाई बौद्धिक जगतमा निकै महत्वका साथ हेरिन्छ।
मल्होत्राले छिमेकी देशहरूमा भारतको पकड कमजोर हुँदै जाँदा पनि भारतीय संयन्त्रहरू मौन रहेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनी भन्छन्, "भारतका लागि बंगलादेश र नेपाल गुम्नु धेरै गम्भीर कुरा हो। तर कोही पनि चिन्तित देखिँदैनन्। यदि यो विषयमा छलफल गर्न खोज्यो भने व्यक्तिगत रूपमा आक्रमण गरिन्छ। त्यसैले चुप लागेर बस्नु र रमाउनु नै बेस छ।"
मल्होत्राको यो भनाइले नेपालको असंलग्न परराष्ट्र नीति र बढ्दो शक्ति राष्ट्रहरूको प्रतिस्पर्धामा नेपालको संवेदनशीलतालाई पुनः बहसमा ल्याइदिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।