कास्की प्रहरीका प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुस रकमसहित पक्राउ

२०८३ वैशाख १३ आइतवार
सारांश
  • आयोगका अनुसार विष्णु थापा क्षेत्रीले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।

काठमाण्डौ, १३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

 

लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो ।

 

आयोगका अनुसार विष्णु थापा क्षेत्रीले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार