रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा
२०८३ वैशाख ०३ विहिवार
- रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
काठमाण्डौ, ०३ वैशाख । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस अघि पहिलो लिगमा बायर्न म्युनिख २-१ गोल अन्तरले विजयी भएको थियो ।
यस खेलमा बायर्नका लागि ह्यारी केन, लुइस डियाज, माइकल ओलीस र अलेक्जेन्डर पाभलोभीकले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि आर्दा गुलेरले २ र किलियन एम्बाप्पेले एक गोल गरेका थिए । यस खेलको अन्त्य तिर रियल म्याड्रिडका एडुआर्ड़ो कामाभिंगा र आर्दा गुलेरले रातो कार्ड पाएका थिए ।
अब च्याम्पियन्स लिगको सेमिफाइनलआमा बायर्न म्युनिखले पिएसजीको सामना गर्ने भएको छ । सेमिफाइनलको पहिलो लिग अप्रिल २८ मा हुने छ भने दोस्रो लिग मे ६ मा हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।