- नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर करण केसीलाई जारी पीएम कपको एक खेलमा प्रतिबन्ध लगाएको छ ।
काठमाण्डौ, २९ चैत्र । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर करण केसीलाई जारी पीएम कपको एक खेलमा प्रतिबन्ध लगाएको छ ।
करणले सामाजिक सञ्जालमा अम्पायर बारे गरेको टिप्पणीपछि क्यानले उनलाई कारवाही गरेको हो ।
क्यानले नेपाल पुलिस क्लबबाट खेलिरहेका करणले अम्पायरहरुप्रति सामाजिक सञ्जालको एक पोष्टमा गरेको कमेन्टप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनलाई कारवाही गरेको हो । साथै उनको एक खेलको शतप्रतिशत म्याच शुल्क बराबर जरिवाना समेत गरेको क्यानले जनाएको छ ।
पीएम कप अन्तर्गत सन्दीप लामिछानेको अम्पायरसँग भएको झगडाको तस्बीर शेयर भएको पोष्टमा करण केसीले खेलका क्रममा खेलाडीले अम्पायरलाई पिटेमा के सजाय हुन्छ भन्दै कमेन्ट गरेका थिए । उनले भनेका थिए- यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल ब्यान हो ? जानकारी को लागि ।' करणको सो टिप्पणीप्रति अम्पायर संघले आपत्ति जनाएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।