आइपिएलमा मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको १८ रनको जित
२०८२ चैत्र ३० सोमवार
- रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, ३० चैत्र । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले मुम्बईलाई १८ रनले पराजित गरेको हो ।
बैंगलुरुले दिएको २४१ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । मुम्बईका लागि शेरफान रथरफोर्डले अविजित ७१ रन बनाएका थिए भने कप्तान हार्दिक पाण्डेयले ४०, रयान रिकलटनले ३७ र सुर्यकुमार यादवले ३३ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ४ विकेट गुमाउदै २४० रन बनाएको थियो । बैंगलुरुका लागि फिल साल्टले ७८ रन बनाएका थिए भने कप्तान रजत पाटीदारले ५३ र विराट कोहलीले ५० रन बनाएका थिए ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ४ खेलमा ६ अंक भएको छ भने मुम्बई इण्डियन्सले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।