बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, एटलेटिको सेमिफाइनलमा

२०८३ वैशाख ०२ बुधवार
सारांश
  • बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

काठमाण्डौ, ०२ वैशाख । बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

 

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ३-२ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

 

यस खेलमा बार्सिलोनाका लागि लामीन यमल र फेरान टोरेजले एक एक गोल गरेका थिए भने एटलेटिको म्याड्रिडका एडेमोला लुकम्यानले एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ७९औं मिनेटमा एरिक ग्रासियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

 

यसअघि क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको थियो । योसँगै एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार