- चेन्नई सुपर किंग्सले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, ०२ वैशाख । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ३२ रनले पराजित गरेको हो ।
चेन्नईले दिएको १९३ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो । कोलकोताका लागि रमनदीप सिंहले सर्बाधिक ३५ रन बनाए भने कप्तान आजिख्य रहानेले २८, अंगक्रिश रघुबंशीले २७ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो । चेन्नईका लागि सन्जु सामसनले सर्बाधिक ४८ रन बनाएका थिए भने डेवाल्ड ब्रेभिसले ४१ र आयुष मात्रेले ३८ रन बनाएका थिए ।
यो जितपछि चेन्नईको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक भएको छ । त्यस्तै कोलकोताले भने ५ खेलमा चौथो हार बेहोरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।