प्रधानमन्त्रीविरुद्ध गालीगलौज : गृह मन्त्रालयको ध्यानाकर्षण
२०८२ चैत्र ३० सोमवार
- गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ ।
काठमाण्डौ, ३० चैत्र । गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पक्राउ परेका युवालाई हालका लागि परिवारको जिम्मा लगाइएको जानकारी दिएको छ ।
सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने दोहोऱ्याउँदै आफ्ना विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ । साथै, समाजमा अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता गतिविधि प्रचलित कानूनविपरीत रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
‘सरकार संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्दछ । आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ । समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता क्रियाकलाप प्रचलित कानून विपरीतका कार्य हुन् । यस किसिमका कार्यहरुमा सम्बन्धित निकायले नियमित प्रक्रिया अन्तर्गत निगरानी गरिरहेको व्यहोरा अनुरोध गर्दै प्रत्येक नागरिकको मौलिक हक र अधिकारको रक्षाका लागि सरकार सधैं प्रतिबद्ध रहेको जानकारी गराईन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्ता क्रियाकलापहरूमा सम्बन्धित निकायले नियमित निगरानी गरिरहेको उल्लेख गर्दै मन्त्रालयले नागरिकको मौलिक हक तथा अधिकारको संरक्षणमा सरकार सधैं प्रतिबद्ध रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।