आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना

२०८२ चैत्र १३ शुक्रवार
सारांश
  • हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ, १३ चैत्र । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू–भागमा अधिकांश बादल, पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

यस्तै, आज राती देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू–भागमा आँशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार