- यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन शुरु गरिएको हो ।
काठमाण्डौ, ०६ चैत्र । आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिएको छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन शुरु गरिएको हो ।
यस बर्षको अन्तर्राष्ट्रिय खुशी दिवसको विषयवस्तु 'हेरचाह र साझेदारी' मा केन्द्रित छ, जसले सुखी संसार निर्माण गर्न सम्बन्ध, समानुभूति र एकअर्कालाई सहयोग गर्ने कुरालाई प्राथमिकता दिन्छ । यसले सामाजिक सञ्जाल र कल्याणको अन्तरसम्बन्धको अन्वेषण गर्दै समुदाय र कृतज्ञतालाई जोड दिन्छ ।
सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’