नक्कली उद्धार प्रकरणमा संलग्न दुई जना पक्राउ

२०८२ फाल्गुण १३ बुधवार
सारांश
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च हिमाली क्षेत्रमा भएको नक्कली उद्धार (फेक रेस्क्यू) मामिलामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौ, १३ फाल्गुण । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च हिमाली क्षेत्रमा भएको नक्कली उद्धार (फेक रेस्क्यू) मामिलामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

 

ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार ट्रेकिङ तथा उड्डयन क्षेत्रका कम्पनीहरूले स्वास्थ्य समस्या परेको विदेशी पर्यटक उद्धार गरेको देखाई बीमा रकम दावी गरी गैरकानुनी आर्थिक लाभ उठाएको पाइएको छ । यसमा माउन्टेन रेस्क्यू सेवा प्रालि, एभरेस्ट एक्सपीरियन्स एण्ड एसिस्टेन्स प्रालि, नेपाल चार्टर सेवा प्रालि लगायतका कम्पनीहरूले सरकारी अभिलेखमा हेरफेर गरी रेस्क्यू सेवाको बिल र चिकित्सकीय विवरण तयार गरी बीमा रकम दावी गरेको खुलासा भएको छ ।

 

नक्कली उद्धारको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भएपछि यस विषयमा मुलुकी अपराध संहिता, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अनुसार कानुनी कारबाही अघि बढाइएको छ ।

 

हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमा एजेन्ट र हेलिकप्टर कम्पनीका शेयरधनीसहित नौ जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।

 

पक्राउ परेकामा रोयल हलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनी प्रालि, ठमेलका २८ बर्षिय सन्दिप तिवारी, विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्र बहादुर सिंह रहेका छन् ।

 

ब्यूरोले यस विषयमा थप अनुसन्धान भईरहेको छ र आवश्यक कारबाही अघि बढाइने बताएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार