मनमैजुमा घरभित्र चितुवा पस्यो, नियन्त्रणमा लिने प्रयास जारी

१० फाल्गुन, २०८२, आइतवार
सारांश
  • स्थानीय बासिन्दाका अनुसार चितुवा अचानक एक घरमा प्रवेश गरी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको थियो । घाइते तीनै जनालाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।

काठमाडौं: काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजु क्षेत्रमा घरभित्र पसेको चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

 

स्थानीय बासिन्दाका अनुसार चितुवा अचानक एक घरमा प्रवेश गरी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको थियो । घाइते तीनै जनालाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।

 

घटनापछि मनमैजु आसपासका बासिन्दामा त्रास फैलिएको छ । अहिले डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार