प्रतिनिधिसभा निर्वाचन : १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी गरिने
२०८२ माघ २८ बुधवार
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचको लागि बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपेटीका ढुवानी गरिने भएको छ ।
बाजुरा, २८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचको लागि बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपेटीका ढुवानी गरिने भएको छ ।
यहाँका १० मतदान केन्द्र अझै यातायातको पहुँचमा छैनन् । ७७ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपेटिका ढुवानी गरिने भएको हो । यहाँको हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति मतदान केन्द्र सबैभन्दा दुर्गम मानिएको छ ।
यहाँ हालसम्म सडक सञ्जाल पुग्न सकेको छैन । करिब ७० बढी मतदातालाई हिमालीको गुम्बामा हिमाल भक्ति मतदान केन्द्र तोकिएको छ । गत निर्वाचनमा पनि यहाँ हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा सुरक्षा निकायसहितको टोलीले अनुगमन गर्दा यहाँका १० मतदान केन्द्र अझै यातायात पहुँचबाहिर रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
हिमाली गाउँपालिकामा पाँच, स्वामीकार्तिक खापरमा दुई गौमुल,जगन्नाथ र त्रिवेणी गाउँपालिकामा एक÷एक गरी १० मतदान केन्द्र सडक सञ्जालबाट टाढा छन् । सडक सञ्जाल नजोडिएका यहाँका मतदान केन्द्रहरू सुरक्षाका दृष्टिले पनि संवेदनशील मानिएका छन् ।
जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएका छन् । बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन् । मुख्य चार दलका व्यक्तिबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
९ वटा स्थानीय तह रहेको बाजुरामा ८७ हजार बढि मतदाता कायम छन् । ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन् । जिल्लामा हाल ७७ वटा मतदानस्थल र १ सय १८ वटा मतदान केन्द्र निर्धारण रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।