रौतहटमा बालिकाको मृत्यु भएको घटनामा दोषीलाई उन्मुक्ति नदिन रक्षा बमको चेतावनी

२०८२ माघ २३ शुक्रवार
सारांश
  • नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले प्रयोग गरेको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनामा कसुर अनुसार कारबाही हुनैपर्ने बताएकी छन् ।

काठमाण्डौ, २३ माघ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले प्रयोग गरेको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनामा कसुर अनुसार कारबाही हुनैपर्ने बताएकी छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै बमले राजनीतिक आस्था वा मनपर्ने नेता भएकै आधारमा अपराधलाई बचाउ गर्ने प्रवृत्ति लोकतन्त्र र सुशासनका लागि घातक हुने टिप्पणी गरेकी छन् ।

 

बमले उक्त दुर्घटनामा बालिकालाई सवारी साधनको अगाडिको भागले ठक्कर दिएपछि पछाडिको पांग्राले समेत किचेको दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ भन्दै हालको प्राथमिकता जिम्मेवारीपूर्ण व्यवहार र कानुनी प्रक्रियामा सहयोग गर्नु हुनुपर्ने उल्लेख गरेकी छन् ।

 

उनले अघिल्लो सन्दर्भमा एमालेका एक मन्त्री सवार गाडीले सर्वसाधारणलाई ठक्कर दिएको घटनापछि नेतृत्वबाट आएको गैरजिम्मेवार अभिव्यक्तिले व्यापक आक्रोश जन्माएको स्मरण गराउँदै अहिले ठीक त्यही प्रवृत्ति रास्वपाका केही समर्थकहरूबाट दोहोरिएको बताएकी छन् ।

 

उनले भनेकी छन्- ' त्यो गाडीमा स्वयं उम्मेदवार हुनुहुन्थ्यो कि हुनुहुन्न थियो त्यो अनुसन्धानको पाटो होला । तर अहिले मुख्य कुरा जिम्मेवारी हो। जिम्मेवार अभिव्यक्ति दिनुहोस्, कानुनलाई सघाउने स्पष्ट प्रतिबद्धता जनाउनुहोस् । याद राख्नुहोस् साथीहरू , तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो। कसुर अनुसार कारबाही हुन्छ, हुनै पर्छ ।'

 

बमले सरकारलाई यस घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै राजनीतिक संरक्षणका नाममा दोषीलाई उन्मुक्ति दिने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएकी छन् 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार