चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती
२०८२ माघ २१ बुधवार
- फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ ।
काठमाण्डौ, २१ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।
सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका सबै २० वटा वडाहरु, बराहक्षेत्र नगरपालिकाको १ नम्बर क्षेत्रदेखि ५ नम्बर वडासम्म र रामधुनी नगरपालिकाका ६ र ७ वडा समेटिएको छ ।
निर्वाचन आयोगका अनुसार सुनसरी-१ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ५० हजार ३९३ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १६१ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा सुनसरी-१ बाट जसपा नेपालका अशोक राईले चुनाव जितेका थिए । राईले १७ हजार ५९ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । यस क्षेत्रमा रास्वपाकी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गर्दै राईलाई कडा टक्कर दिएकी थिइन् । त्यस्तै तत्कालिन माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका थिए भने राप्रपाका अशोक कुमार राईले ७ हजार ८८४ तथा स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्गबोले ७ हजार ८१२ मत प्राप्त गरेका थिए ।
त्यस्तै २०७९ मा समानुपातिकतर्फ नेकपा एमालेले २० हजार ९८ मत प्राप्त गरेको थियो भने रास्वपाले १७ हजार २७१ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली काँग्रेसले ११ हजार ७५० र राप्रपाले ९ हजार ७६८ मत प्राप्त गरेको थियो । त्यस्तै तत्कालिन माओवादी केन्द्रले ४ हजार ६५६ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
यस क्षेत्रमा यस पटक राजनीतिक दल र स्वतन्त्र गरेर २६ उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ उम्मेदवार बनेका छन् । उनी धरान उपमहानगरको प्रमुखबाट राजीनामा दिएर दल खोल्दै चुनावी मैदानमा होमिएका हुन् । त्यस्तै यस क्षेत्रबाट रास्वपाले गत निर्वाचनमा ४५३ मतले पराजित भएकी गोमा तामाङलाई यस पटक पनि उम्मेदवार बनाएको छ ।
त्यस्तै नेकपा एमालेबाट टिकाराम लिम्बु, नेपाली काँग्रेसबाट सुजेन्द्र तामाङ, नेकपाबाट सुर्यबहादुर भट्टराई, राप्रपाबाट उद्धव श्रेष्ठ उम्मेदवार बनेका छन् । त्यस्तै जसपा नेपालबाट संजय राई उम्मेदवार बनेका छन् ।
निष्कर्ष:
सुनसरी-१ मा अघिल्लो चुनाव र यस पटकको चुनावको माहोलमा ठुलो परिवर्तन भएको छ । अघिल्लो चुनावमा जसपा नेपालबाट चुनाव जितेका अशोक राईले दल फुटाएर आफ्नै दल जसपा खोलेपनि उनको दल छिन्नभिन्न भएको छ र उनी यस चुनावमा उम्मेदवार बनेका छैनन् । अर्को कुरा यस पटक सबै दलका उम्मेदवार चुनावी मैदानमा रहेकाले कुन दलले जित्छ भन्ने स्पष्ट भन्ने अवस्था रहेको छैन ।
श्रम संस्कृतिका हर्क साम्पाङले जित्ने अनुमान धेरैले गरेपनि उनलाई त्यति सजिलो हुने भने देखिदैन । उनलाई रास्वपाकी गोमा तामाङले उत्तिकै टक्कर दिने देखिन्छ । त्यस्तै यस क्षेत्रमा एमालेको पनि राम्रो मत रहेकाले टिकाराम लिम्बुलाई पनि कमजोर आँक्न सकिदैन । त्यस्तै काँग्रेसका सुजेन्द्र तामाङको पनि आफ्नै प्रभाव यस क्षेत्रमा देखिएको छ । यस क्षेत्रमा धरान उपमहानगरका सबै वडा भएकाले यो निर्वाचन साम्पाङले प्रमुखका रुपमा गरेको कामको मुल्यांकनको रुपमा पनि हेरिएको छ । तर पनि अघिल्लो चुनावमा पनि चार पाँच उम्मेदवारबीच मत बाँडिएको देखिएकाले यस क्षेत्रमा साम्पाङले जित्ने अनुमान गर्न अहिले सकिन्न । उनलाई रास्वपा, एमाले र नेपाली काँग्रेसले चुनौती दिने देखिन्छ ।
यस बाहेक राप्रपालगायतका दलहरुको मत पनि चुनाव जित्ने तहसम्म नभएपनि सम्मानजनक मत ल्याएर मतपरिणामको अंक गणित बिगार्ने तह सम्मको भूमिका खेल्ने देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।