- लिखु खोला किनारस्थित यो बजार पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र भोजपुर क्षेत्रका मानिसहरूको काठमाडौं आउजाउ गर्ने मुख्य नाका थियो । तर सडक सञ्जाल विस्तार र समय परिवर्तन सँगै साँघुटार बजारको चहलपहल घट्दै गएको छ।
रामेछाप : एक समय काठमाडौं जाने पूर्वको प्रमुख नाकाको रूपमा रहेको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान भएको छ ।
लिखु खोला किनारस्थित यो बजार पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र भोजपुर क्षेत्रका मानिसहरूको काठमाडौं आउजाउ गर्ने मुख्य नाका थियो । तर सडक सञ्जाल विस्तार र समय परिवर्तन सँगै साँघुटार बजारको चहलपहल घट्दै गएको छ।
विसं १९६० मा सुरु भई १९६५ सालतिर साँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल बनेपछि यहाँको आवतजावत बढ्नेको थियो । पुल तरेर पूर्व जाने मानिसहरूको आउजाउ बढेपछि साँघुटारमा एक स्थानीयले नाङ्ले पसल सुरु गरेका स्थानीय हीरा उदास बताउँछन्। पछि १९८५ सालदेखि नेवार समुदाय र भक्तपुरबाट आएका भदौकाजीहरूले यहाँ पसल सुरु गरेका थिए ।
हजुबा पुस्ताले सुरु गरेको साँघुटारको व्यापार अहिले नाति र पनाति पुस्ताले धानी रहेका छन् । तर कुनै समय भ्याइनभ्याइ हुने बजारको व्यापार अहिले सुनसान छ ।
साँघुटार बजार ऐतिहासिक बजारको रूपमा चिनिन्छ। करिब एक सय वर्ष पुरानो यो बजारमा ढुङ्गा माटोले बनेका अग्ला घरहरू देखिन्छन्। यस्ता घरहरू चार तले निर्माणका छन् र अहिले बाहिरबाट सिमेन्टले पोतिएको अवस्थामा छन्। बजार क्षेत्रमा क्रमशः नयाँ सिमेन्टका घर बन्न थालेका छन्।
ऐतिहासिक महत्वका यी घरहरू विस्तारै भत्कँदै र माटोमा मिल्दै जाने क्रम बढ्दै गएको छ । यो बजारलाई साना सहरको रूपमा विकास गर्न सके मौलिकताको संरक्षण र गाउँबाट सहर पलायनलाई पनि रोक्न सकिने अवस्था छ ।
स्थानीय र पुरातात्विक हिसाबले महत्त्वपूर्ण यी पुराना घर र साँघुटारको मौलिकता संरक्षण गर्न पुराना घर संरक्षण कार्यक्रम आवश्यक रहेको स्थानीयहरू बताउँछन्। अन्यथा यो बजारको ऐतिहासिक पहिचान माटोमा मिसिने खतरा रहेको उनीहरूको भनाइ छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।