- आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्का (भाक्का) लाई हरेक वर्ष पुस २९ लाई दिवसको रुपमा मनाउँदै आएको छ । राजवंशी समाज विकास समितिले राष्ट्रिय भक्का दिवस मनाउँदै आएको छ ।
काठमाण्डौ, २९ पुष । आज राष्ट्रिय भक्का (भाक्का) दिवस मनाइँदै छ । आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्का (भाक्का) लाई हरेक वर्ष पुस २९ लाई दिवसको रुपमा मनाउँदै आएको छ । राजवंशी समाज विकास समितिले राष्ट्रिय भक्का दिवस मनाउँदै आएको छ ।
राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भक्का दिवस मनाउँदै आएको छ ।
पूर्वी तराईका राजवंशी समुदायका छोरी चेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ । भक्का राजवंशी समुदायको मौलिक परिकार हो । जाडोयाम सुरु भएसँगै चोक चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन पनि छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने प्रचलन बसिसकेको छ ।
कोचिला गाभुर फ्रन्ट नामक गैरसरकारी संस्थाले २०७४ सालदेखि पुस २९ लाई राष्ट्रिय भक्का दिवसको रुपमा मनाउँदै आएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’