- केबल जोड्ने कार्यका लागि आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् कटौती गरिनेछ।
काठमाडौं: काठमाडौं उपत्यकाका मुख्य प्रशासनिक तथा आवासीय क्षेत्र आज दुई घण्टा विद्युत् सेवाबाट वञ्चित हुने भएका छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण प्रणालीलाई भूमिगत बनाउने क्रममा सम्पन्न भइसकेका केबल जोड्ने कार्यका लागि आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् कटौती गरिनेछ।
यस अवधिमा लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्र, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल वरपरका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ।
काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत गरिएको भूमिगत संरचना जडानलाई अन्तिम चरणमा पु¥याउन अस्थायी रूपमा विद्युत् कटौती गर्नुपरेको प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ।
तोकिएको समयअगावै काम सम्पन्न भएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने पनि प्राधिकरणले स्पष्ट पारेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।