- यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको नारा 'मेरो महान कथा: संस्कृति र विकास' भन्ने रहेको छ ।
काठमाण्डौ, ३ पुष । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो ।
यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको नारा 'मेरो महान कथा: संस्कृति र विकास' भन्ने रहेको छ । यस नाराले मानव गतिशीलताले कसरी विकासलाई अगाडि बढाउँछ, समाजलाई समृद्ध बनाउँछ र समुदायहरूलाई एकअर्कालाई जोड्न, अनुकूलन गर्न र समर्थन गर्न मद्दत गर्छ भन्ने कुरा प्रकाश पार्छ । हाल बसाइँसराइले अर्थतन्त्र, समुदाय र विश्वव्यापी विकासलाई आकार दिइरहेको हुनाले यो सन्देश पहिलेभन्दा बढी जरुरी रहेको छ ।
अहिले विश्वका झण्डै ३० करोड ४० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तर्राष्ट्रिय स्तरमा आप्रवासीको संख्या बढ्दै गएको छ । राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको संख्या बढिरहेको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गई बस्ने प्रक्रियालाई आप्रवासन भनिन्छ ।
आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ । विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानव अधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्य यो दिवसको रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।