- स्कुल बससहित चारवटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेको धादिङ प्रहरीले जानकारी दिएको छ ।
धादिङ: पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा ७ सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् ।
स्कुल बससहित चारवटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेको धादिङ प्रहरीले जानकारी दिएको छ ।
भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ । हाल दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।
दुर्घटनापछि यातायात दुइतर्फी अवरुद्ध भएको छ भने घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’