इटहरी प्रहरी कार्यालय तोडफोड–आगलागी प्रकरणमा संलग्न पाँच जना पक्राउ
२०८२ मङ्सिर ११ विहिवार
- जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकामध्ये इटहरी–३ का २९ वर्षीय विजय लिम्बू, इटहरी–५ का ४४ वर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी–८ का २४ वर्षीय आभाष कार्की, इटहरी–४ का २४ वर्षीय सोनम कार्की र भोजपुर याङपाङका ४७ वर्षीय मदन खत्री रहेका छन् । खत्री हाल इटहरी–४ मा बस्दै आएका थिए ।
विराटनगर : जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि दुव्र्यवहार घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकामध्ये इटहरी–३ का २९ वर्षीय विजय लिम्बू, इटहरी–५ का ४४ वर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी–८ का २४ वर्षीय आभाष कार्की, इटहरी–४ का २४ वर्षीय सोनम कार्की र भोजपुर याङपाङका ४७ वर्षीय मदन खत्री रहेका छन् । खत्री हाल इटहरी–४ मा बस्दै आएका थिए ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको आधारमा पहिचान गरी पक्राउ गरेको जनाएको छ । पक्राउ परेकालाई ‘अपराधिक उपद्रव गर्न नहुने’ सम्बन्धी कसुरमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गराउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगलागी, तोडफोड र प्रहरीको हातहतियार लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरीका अनुसार यस्ता घटनाका थप फोटो वा भिडियो उपलब्ध गराएमा अनुसन्धानमा महत्वपूर्ण सहयोग हुने भन्दै सर्वसाधारणलाई नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ। प्रहरीले सूचनादाताको नाम गोप्य राखिने पनि जनाएको काशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’