धार्मिक पर्यटकीय केन्द्र बन्दै चन्दननाथ भैरवनाथ मन्दिर

२०८२ कार्त्तिक १३ विहीवार
सारांश
  • असोज महिनाको चिसोले उराठिएका डाँडाहरूको काखमा रहेको खलंगा बजार जहाँ बिहानको सूर्यकिरण मन्दिरको सुनौलो गजुरमा पर्छ र मन्दिरको मृदुल ध्वनीले उपत्यका गुन्जायमान हुने गरेको छ ।

मुगु : जुम्लामा पछिल्लो समयमा सडक र हवाई सेवाको पहुँच विस्तर हुन थालेपछि जुम्लाको चन्दनाथ  र भैरवनाथ मन्दिरमा दर्शन गर्न आन्तरिक तथा वाह्य पर्यटकको भीड बढ्दै गएको छ ।

 

असोज महिनाको चिसोले उराठिएका डाँडाहरूको काखमा रहेको खलंगा बजार जहाँ बिहानको सूर्यकिरण मन्दिरको सुनौलो गजुरमा पर्छ र मन्दिरको मृदुल ध्वनीले उपत्यका गुन्जायमान हुने गरेको छ ।

 

यसमध्येको चन्दननाथ भैरवनाथ मन्दिर आस्था, इतिहास र पहिचानको साझा धरोहर बनेको छ । यहाँको मन्दिर काठ, ढुंगो र धातुको संरचना मात्रै नभएर जुम्ली आत्माको प्रतीक मानिन्छ ।

 

सयौं वर्षअघि योगी चन्दननाथले यही तपस्या गरी भैरवनाथ प्रसन्न पारेको भनाइ छ । उनीबाट सुरु भएको आराधनाको क्रम अहिलेसम्म चलिरहेको छ ।

 

दैलेखबाट ल्याइने अनन्त दीप वर्षभरि मन्दिरको निष्ठाको प्रतीक बनेको छ । प्रत्येक साउन शुक्ल प्रतिपदामा नयाँ दियो ल्याउने परम्परा आजपनि त्यति नै श्रद्धासाथ पाल्ने गरिन्छ ।

 

काठमाडौंकी तीर्थयात्री सिर्जना श्रेष्ठ भन्छिन्, ‘भैरवनाथको आरती हेरेपछि मन हल्का हुन्छ, जीवनका सबै पीडा यहीं राखेर फर्कन सकिन्छ ।’

 

गत वैशाखदेखि हालसम्म सात हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटकले दर्शन गरिसकेका छन् । मन्दिरमा दर्शन र आरती गर्नाले मन शान्त हुने र मनोकामना पूरा हुने विश्वास छ ।

 

सरकारी उच्च अधिकारीहरूले समेत जुम्ला आउनेबित्तिकै मन्दिर दर्शन गर्ने गरेका छन्। ‘पहिले पर्यटक आउँथे र एकाध दिनमै फर्किन्थे । अहिले त भैरवनाथ र राराको संयोजनले हप्तौं बस्ने गर्छन्,’ जुम्लाको अर्गानिक मिनी मार्केटका लक्ष्मी भण्डारीले बताइन्।

 

कर्णाली राजमार्गका धुलाम्मे सडक र असहज हवाइ सेवा अझै यहाँको पर्यटन विकासका प्रमुख अवरोध हुन् । मनले त हरेक वर्ष आउँछु भन्छ तर बाटोले हतोत्साहित पार्छ काठमाडौंका पर्यटक अर्जुन लामिछानले भने ।

 

स्थानीय सरकार अहिले मन्दिर परिसरको सौन्दर्यीकरण सरसफाइ र सूचना प्रणाली सुधारमा जुटेको छ । चन्दननाथ मन्दिर एक पूजा स्थल नभएर जुम्लाको पहिचान बनेको छ ।

 

यतिबेला पर्यटक आवागमन बढेपछि बजार समेत चलायमान भएको छ । यहाँको भक्ति, यहाँको संस्कृति र यहाँको इतिहासले मिलेर कर्णालीको आत्मा नै बनेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार