सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
१५ भाद्र, २०८३, सोमवार
- नमुना दिन चाहने परिवारले पासपोर्ट आकारका दुई प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जस्थित रोग परीक्षण प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ ।
काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्त फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारलाई नेपाल प्रहरीले डिएनए परीक्षणका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार बाढीपछि फेला परेका शव वा शरीरका अंगको डिएनए परीक्षणमार्फत पहिचान गर्न बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना नजिकको रक्तसम्बन्धीको ताजा रगतको नमुना आवश्यक पर्नेछ ।
नमुना दिन चाहने परिवारले पासपोर्ट आकारका दुई प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जस्थित रोग परीक्षण प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ ।
विदेशमा रहेका आफन्तका हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित मुलुकमै डिएनए परीक्षण गराई त्यसको विद्युतीय प्रतिलिपि तुलना प्रयोजनका लागि नेपाल प्रहरीको आधिकारिक इमेल [email protected] मा पठाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
बाढीपछि पहिचान हुन नसकेका शव तथा शरीरका अंगको वैज्ञानिक विधिबाट पहिचान गर्न डिएनए परीक्षण गरिने भएकाले सम्बन्धित परिवारलाई आवश्यक प्रक्रिया पूरा गर्न प्रहरीले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’