टेलिकमका बाढीबाट प्रभावित भएका १२० मध्ये ११० साइट सुचारु
१५ भाद्र, २०८३, सोमवार
- त्यसैगरी सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङ लगायत आसपास क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन् ।
काठमाडौँ: नेपाल टेलिकमले रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको छ । यससँगै बाढीबाट प्रभावित भएका १२० साइट मध्ये ११० साइट सुचारु भएका छन् ।
जिबजिबे टावरबाट भोर्ले, चिती, गाइसौरा भोर्ले लगायत नौकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।
त्यसैगरी सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङ लगायत आसपास क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन् ।
बेनीघाट साइटबाट बेनीघाट बजार लगायत आसपासका क्षेत्र र त्रिशूली साइटबाट त्रिशुली बजार, ढुंगे आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।