माथिल्लो त्रिशूली थ्री ‘बी’ को सुरुङमा उद्धारको प्रयास जारी

१५ भाद्र, २०८३, सोमवार
सारांश
  • नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलिकोष्टर लिएर नुवाकोटको त्रिशूली पुगेको थियो । त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकोप्ट लिएर माथिल्लो त्रिशूली थ्रि ‘बी’को सुरुङ क्षेत्रमा पुगेको थियो ।

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशूली थ्री ‘बी’को सुरुङमा नेपाली सेनाले सोमबार पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ ।

 

नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलिकोष्टर लिएर नुवाकोटको त्रिशूली पुगेको थियो । त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकोप्ट लिएर माथिल्लो त्रिशूली थ्रि ‘बी’को सुरुङ क्षेत्रमा पुगेको थियो । 

 

उक्त टोलीले माथिल्लो त्रिशूली थ्रि ‘बी’को सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो । त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई बस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ १४ गते भने सो चिनियाँ टोली रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रीत भएको थियो ।  

 

त्रिशूली थ्रि ‘बी’मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्धारा खोज तथा उद्धारको प्रयास सुरु भएको थियो। सोमबार पनि बिहान ९ बजे नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्र खन्ने काम भइरहेको छ।  यो आयोजनाको सुरुङमा मानिसहरु फसेको आशंका गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार