गएराती देखिको वर्षाले खेतको धान भिज्यो, कृषकहरू चिन्तित

२०८२ कार्त्तिक ११ मङ्गलवार
सारांश
  • काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि कृषकहरू चिन्तित भएका छन् ।

बर्दिया : बर्दिया लगायत आसपासका क्षेत्रमा गएराती देखि पानी परेपछि खेतमा धान भिजेको छ ।

 

काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि कृषकहरू चिन्तित भएका छन् ।

 

मोटा र सुख्खा खेतमा छिटो फल्ने धान कृषकले करिब करिब भित्र्याएपनि गहिरो खेतमा ढिलो पाक्ने धान भिजेको छ । विउ र मलको अभाव भएपनि धान उत्पादन गरेका किसानहरू भित्र्याउने समयमा धान भिजेको छ ।

 

धान खेतमै भिजेपछि नोक्सान भएको भन्दै लामो समय घाम नलागी भिजिरहेमा धान उम्रिने सम्भावना भएको मधुवन नगरपालिका वडा ७ प्रगतीबजारकी कृषक शान्ती अधिकारीले बताइन् ।

 

उनले भने, ‘पानी पर्दैन होला भनेर धान काटियो अहिले काटेर सुकाएको निहिन मै धान भिजेको छ लगातार पानी पर्यो भने धान खेतमै उम्रन्छ होला ।’

 

विशेषगरि मध्यम र मसिनो धान ढिलो पाक्ने गदर्छ । अहिले काटिरहेको र काट्न तयार भएको धान मध्यम र मसिनो धान हो ।

 

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सुचना अधिकारीका अनुसार अझैपनि बर्दियामा ३५ प्रतिशत धान भित्र्याउन बाँकी रहेको छ । केही धान कटान गरेर निहिनमा सुकाईएको उनले बताइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार