सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको ६ दिनपछि भेटियो शव
२०८२ कार्त्तिक ०४ मङ्गलवार
- सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको ६ दिनपछि भेटियो शव सोही दिनदेखि सशस्त्र प्रहरी बल नं. २ बाहिनी बर्दिवासबाट नायब निरीक्षक भक्तबहादुर खत्रीको कमाण्डमा नौ जना गोताखोर टोली पनि परिचालन गरिएको थियो ।
सर्लाही : सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव ६ दिनपछि भेटिएको छ । जिल्लाको धनकौल गाउँपालिका – ३ मनुसमारा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी ११ वर्षीया सोनी कुमारी साहको शव घटना भएको ६ दिनपछि फेला परेको हो ।
गत असोज ३० गते बिहान हरकठवा निवासी सोनी मनुसमारा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् । जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक शावन सिंह क्षेत्री भाटको कमाण्डमा पाँच जनाको टोली र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा अर्को पाँच जनाको टोली खोजीका लागि खटाइएको थियो ।
सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको ६ दिनपछि भेटियो शव सोही दिनदेखि सशस्त्र प्रहरी बल नं. २ बाहिनी बर्दिवासबाट नायब निरीक्षक भक्तबहादुर खत्रीको कमाण्डमा नौ जना गोताखोर टोली पनि परिचालन गरिएको थियो ।
तीन दिनसम्म निरन्तर खोजी गर्दा पनि बालिका फेला नपरेपछि गोताखोर टोली फिर्ता भएको थियो । आज ( मंगलबार) बिहान करिब साँढे ८ बजे घटना स्थलदेखि करिब १० किलोमिटर दक्षिण जिल्लाकै रामनगर गाउँपालिका – ७ पछियारीटोलस्थित मनुसमारा खोलामा उनको शव घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकका दाई चन्दन साहले शवको सनाखत गरेका थिए ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।