- सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ ।
काठमाडौं : देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ ।
सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ ।
तर, काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पहिरो र नदी कटानका कारण यातायात अवरुद्ध भएको छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा भने एकतर्फी आवागमन खुला गरिएको जानरी दिएको छ ।
अरनिको राजमार्गमा एकतर्फी आवागमन भइरहेको छ भने कान्ति लोकपथको घट्टे पाखामा पुनः पहिरो खसेर बाटो अबरुद्ध भएको विभागले जनाएको छ । मेची करिडोरमा माईखोला र पुवाखोला पुल बगाएको र थादे खोलाको बक्स कल्भर्ट क्षेत्रमा डुबान भएर यातायात सञ्चालन कठिन भएको छ ।
हुलाकी सडकको वीरगञ्ज क्षेत्रमा क्षति नभए पनि कमला क्षेत्रमा बाढी सतह उच्च छ भने कन्काई पुल नजिकै सडक बगाएको र लोहन्द्रा पुलमा भराइको जोखिम बढेको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत मेची नगरपालिका–१ मा काली खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ । सम्बन्धित निकायले करिब बेलुकी ५ बजेसम्म वैकल्पिक व्यवस्था पूरा गर्ने जनाइएको छ ।
मध्यपहाडी राजमार्गको रामेछाप–सिन्धुली खण्डमा उपकरण परिचालन भइसकेको छ । खुरकोट–घुर्मी र जयाराम–हलेसी खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने बाँकी खण्डमा मर्मत कार्य जारी छ ।
त्यस्तै, मेची राजमार्गमा जोरकलशदेखि माइखोला रक्सेसम्म विभिन्न स्थानमा सडक बगाउँदा अवरोध भएको छ । कतिपय स्थानमा पुनर्निर्माणका लागि तीनचार दिन लाग्ने अनुमान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।