सयवर्ष भन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना
२०८२ असोज ११ शनिवार
- काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडाअध्यक्ष आशामान संगतले विधिपूर्वक पूजा गरी गजुर स्थापना गरेका हुन् ।
काठमाडौं : काठमाडौं महानगरपालिका वडा ८ गायत्री मार्गमा रहेको छैटौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना गरिएको छ ।
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडाअध्यक्ष आशामान संगतले विधिपूर्वक पूजा गरी गजुर स्थापना गरेका हुन् ।
काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले, दुई तल्ला रहेको प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरको मेदिना कन्ट्रक्सन प्रा.लीले निर्माण गरेको र एक करोड १५ लाख रूपैयाँ लागतमा निर्माण गरिएको बताए ।
उनले, मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको भएपनि गौशाला प्रहरी कार्यालयमा थन्क्याएर राखिएको मूर्ति मन्दिरमा स्थापना गर्न माघभन्दा अगाडि साइत नजूर्ने भएकाले केही समय ढिला हुन पुगेको बताए ।
ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो । हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको हो ।
उक्त मन्दिरको ऐतिहासिक दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्त्वविद्हरूबाट मन्दिरको रेखांकन गरिएको थियो । इट्टा माटो र काठबाट निर्मित मन्दिर दुईतल्लाको प्यागोडा शैलीमा निर्माण गरिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।