गौरा पर्व समाजिक एकता, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला हो: सभापति देउवा

२०८२ भाद्र १५ आइतवार
सारांश
  • देवी गौरी (गौरा) र भगवान शिव (महेश्वर) को पुजा गरी मनाइने गौरा पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्ने सभापति देउवाले बताए ।

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला भएको बताएका छन् । 


आइतबार गौरा पर्वको शुभकामना दिदैँ सभापति देउवाले गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला रहेको बताएका हुन् । 


उनले शुभकामना सन्देश मार्फत भनेका छन्, ‘गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला समेत हो । विभिन्न धार्मिक, सास्कृतिक गीत, भजन, देउडा लगायतका नाच, व्रत, पूजापाठ र सामूहिक सहभागिताले यो पर्वलाई झनै विशेष बनाएको छ।’
उनले पर्वहरुले पुर्खाहरूको संस्कृति र परम्पराको संरक्षण गर्न प्रेरित गर्नुका साथै भावी पुस्तालाई यसको महत्व बुझ्न र आत्मसात गर्न समेत उत्प्रेरित गर्ने समेत बताए । 


देवी गौरी (गौरा) र भगवान शिव (महेश्वर) को पुजा गरी मनाइने गौरा पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्ने सभापति देउवाले बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार