राप्रपा नेता पौडेलको निधन

२०८२ भाद्र १५ आइतवार
सारांश
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका संस्थापक सदस्य तथा हेटौंडा–१९ निवासी ज्ञान प्रसाद पौडेलको असामयिक निधन भएको छ ।

हेटौंडा, १५ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका संस्थापक सदस्य तथा हेटौंडा–१९ निवासी ज्ञान प्रसाद पौडेलको असामयिक निधन भएको छ ।

 

उनको निधनको खबरले मकवानपुर राजनीतिक तथा सामाजिक क्षेत्र स्तब्ध बनेको छ । पौडेल लामो समयदेखि राप्रपा संगठन विस्तारमा सक्रिय रहँदै आएका थिए ।

पार्टीको प्रारम्भिक दिनदेखि नेतृत्व र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका उनी समाजसेवीका रूपमा समेत परिचित थिए ।

 

राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष सागर थापाले पौडेलको निधनले जिल्लामा अपूरणीय क्षति पुगेको बताएका छन् । उनले पौडेल पार्टीका इमानदार, समर्पित र संघर्षशील व्यक्तित्व भएको स्मरण गर्दै उनको योगदान सधैं सम्झन योग्य रहने बताए ।


पौडेलको अन्त्येष्टि सम्बन्धी विवरण परिवारजनले पछि सार्वजनिक गर्ने जनाइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार