महानिरीक्षक दिपक थापाद्वारा कर्णाली प्रदेश प्रहरी कार्यालय निरीक्षण
९ भाद्र, २०८२, सोमवार
- प्रहरी महानिरीक्षक थापाले लागूऔषध कारोबार, सवारी दुर्घटना, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध, चोरी पैठारी जस्ता गतिविधिहरू प्रदेशमा चुनौतिको रूपमा देखापरेको बताउँदै यस्ता गतिविधिलाई न्यूनीकरण तथा नियन्त्रणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै काम गर्नुपर्नेमा जोड दिए ।
सुर्खेत । प्रहरी महानिरीक्षक दिपक थापाले सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कार्यालयमा रहेका विभिन्न शाखाहरूको निरीक्षण तथा अवलोकन गर्नुका साथै सो सम्बन्धी जानकारी समेत लिए । साथै उनले कर्णाली प्रदेश प्रहरी कार्यालयको परिसरमा वृक्षारोपण समेत गरेका थिए ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले भौगोलिक जटिलताको बाबजुद उपलव्ध सीमित स्रोत साधन र जनशक्तिको उच्चतम उपयोग गरी समग्रमा प्रदेशस्थित शान्ति सुव्यवस्था अमन चयन कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् एवम् ट्राफिक व्यवस्थापन लगायतका कार्यमा प्रहरी कर्मचारीहरूले देखाएको व्यावसायिकता र निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।
प्रहरी महानिरीक्षक थापाले लागूऔषध कारोबार, सवारी दुर्घटना, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध, चोरी पैठारी जस्ता गतिविधिहरू प्रदेशमा चुनौतिको रूपमा देखापरेको बताउँदै यस्ता गतिविधिलाई न्यूनीकरण तथा नियन्त्रणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै काम गर्नुपर्नेमा जोड दिए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय हुनुपर्ने, ट्राफिक व्यवस्थापनमा अझ शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने तथा भीड नियन्त्रणमा धैर्यता एवम् थप संयमता अपनाई कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै कर्णाली प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।