राप्रपा नेपालका अध्यक्ष थापासँग ईजरायलका राजदुतको शिष्टाचार भेट

२०८२ भाद्र ०९ सोमवार
सारांश
  • हमासको बन्धकको रुपमा रहेको विपिन जोशीको रिहाईको लागि आवश्यक पहल लगायत गाजामा देखिएको भोकमरी लगायतका मानवीय संकट यथाशिघ्र समाधानको लागि उनले सम्बद्ध ईजरायली पक्षसंग अनुरोध गरेका छन् ।

काठमाडौं: नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उनकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् ।

 

पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री समेत रहेका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिंदो भूराजनीतिक आयामहरु र यसले थपेका जटिलताहरुले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा समेत असर पारेको बुझ्न सकिने चर्चा गर्दै राजदूतले राखेका सरोकारका विषयहरुमाथि नेपाल सरकारको सरोकारवाला निकायसम्म पुर्याउने बताए । साथै क्षेत्रीय शान्तिका लागि एउटा जिम्मेवार राष्ट्रको रुपमा ईजरायलले चालु युद्धको समाप्ति लगायत स्थायी शान्तिको लागि आवश्यक महत्वपूर्ण दायित्व निर्वाह गर्ने कुरामा थापाले विश्वास समेत ब्यक्त गरे । ईजरायलले नेपाली श्रमिकहरुलाई रोजगारीको अवसर उपलव्ध गराएको, विद्यार्थीहरुलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा पुर्याएको सहयोगको लागि थापाले धन्यवाद समेत ब्यक्त गरेका थिए ।

 

हमासको बन्धकको रुपमा रहेको विपिन जोशीको रिहाईको लागि आवश्यक पहल लगायत गाजामा देखिएको भोकमरी लगायतका मानवीय संकट यथाशिघ्र समाधानको लागि उनले सम्बद्ध ईजरायली पक्षसंग अनुरोध गरेका छन् ।

 

भेटका क्रममा राजदूतले हमासले ईजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थिहरुको ज्यान गएको विषय र एक जना विपिन जोशीलाई बन्धक बनाएको विषयमा दुःख ब्यक्त गरे । साथै ६७० दिनसम्म पनि विपिन लगायत बन्धकहरुलाई छुटाउन नसकिएकोमा समेत उनले दुःख ब्यक्त गरेका छन् । हमासको बन्धकमा अझै ५० जनाभन्दा बढी रहेको जसमध्ये बीसजना जीवितै रहेको कुरा बताए । विपिन जोशीको आमा र बहिनीलाई ईजरायल लगेर बन्धक छुटाउन अन्तराष्ट्रियरुपमा दवाव दिन प्रयास गरिएको समेत उनले बताए ।

 

नेपाल र ईजरायलबीचको कुटनीतिक सम्बन्धको चर्चा गर्दै आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रहरुमा पक्षहरुमा इजरायलले सहयोग गर्दै आएको स्मरण गरे । विपिनलाई हमासले बन्धक बनाएपछि नेपाल सरकारले ‘लर्न, अर्न एण्ड रिटर्न’कार्यक्रमअन्तर्गत अध्ययनको लागि ईजरायल जाने विद्यार्थीहरुलाई जानबाट रोकेको भन्दै विद्यार्थीहरुको हीत र रक्षामा ईजरायल सरकार सचेत रहेकोले यस किसिमको रोक हटाई दिन राजदुतले अनुरोध गरे । भेटका क्रममा पार्टीका अन्तरास्ट्रिय सम्बन्ध बिभागका सदस्य-सचिब राजाराम बर्तौलाको पनि उपस्थिति रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार