- आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यता दिन अस्वीकार गरेको आयोग स्रोतले जानकारी दिएको छ ।
काठमाडौं :निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षको रुपमा रञ्जिता श्रेष्ठलाई नै मान्यता दिएको छ ।
आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यता दिन अस्वीकार गरेको आयोग स्रोतले जानकारी दिएको छ ।
नाउपाको भेलाले श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो ।
पार्टी संरक्षक रेशम चौधरी समुहको भेलाले साउन १६ गते लालवीर चौधरीलाई अध्यक्षतामा सर्वसम्त चयन गरेर आयोगमा जानकारी गराएको थियो । त्यसपछि संस्थापक अध्यक्ष रहेकी रञ्जिताले पनि निर्वाचन आयोगमा आफु अध्यक्ष रहेको दाबीसहित निवेदन दिएकी थिइन् । दुवैको निवेदन परेपछि दुवैसँग जवाफ मागेको आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिएको छ ।
रञ्जिता विवादित अडियो प्रकरणमा मुछिएपछि विवादमा रहेकी छन् भने उनी अख्तियारको छानविनको दयारामा समेत रहेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।